काठमाडों । तीन दिन यताको अविरल वर्षाका कारण संघीय राजधानी काठमाडौं उपत्यकामा ३४ जनाको ज्यान गएको छ ।
काठमाडौंमा ११ जना, भक्तपुरमा ५ जना र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । बाँकी १७ जना बेपत्ता रहेको र १७ जना नै घाइते भएका छन् ।
काठमाडौं प्रहरीकाअनुसार १४ सयभन्दा बढीको उद्धार गरिएको छ ।
बाढीपहिरोका कारण २ हजार २ सयभन्दा बढी घर डुबानमा परेको प्रारम्भिक विवरण रहेको छ ।