इनरुवा । लगातारको भारी वर्षापछि आएको बाढीका कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। सप्तकोसी नदीमा उच्च वहाव भएको र वहाव उच्च मापन गरिएको छ ।
पछिल्लो विवरणअनुसार कोशी ब्यारेजमा शनिबार बिहान ४ लाख १८ हजार २८५ क्युसेक मापन गरिएको छ ।
कोशी ब्यारेजमा पानीको वहाव उच्च भएपछि त्यहाँ दुईतर्फ रातो बत्ती बालिएको छ । पानीको वहाव उच्च भएपछि नेपाल भारत दुवैतर्फका अधिकारीहरुको बैठक बसेकाे छ ।