skip this News Page Tips Ad Road Block

राष्ट्रिय वाणिज्य बैंकबाट निओ रेमिट र युनाईटेड रेमिटमा आएको रेमिट्यान्स रकम भुक्तानी लिन सकिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहकहरु तथा अन्य वैदेशिक रेमिट्यान्स प्राप्त गर्ने ग्राहकहरुलाई खुसीको खबर, अब विश्वका जुनसुकै देशहरुमा रहेका आफन्तले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिट्यान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ । दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्ने राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । साथै उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) तथा युनाईटेड रेमिट प्रा.लिबीच यस्तो सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) का प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका थिए । यस्तै युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका थिए ।

हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्यू आर कोड सेवा, पीओएस्(प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस्, स्मार्ट क्यू आर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाईल बैंकिङ (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने यूएस्एस्डी मोबाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

Health Tips Ad Road Block