Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भुक्तानी देऊ होइन भने आन्दोलन गर्न बाध्य हुनेछौंः निर्माण व्यवसायी महासंघ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानी अभावमा मुलुकको निर्माण उद्योग विकराल अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी महासंघले निर्माण व्यवसायीहरूले निर्माण कार्य गरे बापतको विगत आर्थिक बर्षहरुमै भुक्तानी हुनु पर्ने बक्यौता रहेको ठूलो रकम अझै पनि भुक्तानी हुन नसक्दा निर्माण उद्योगमा अत्यन्त विकराल अवस्था सिर्जना भएको जनाएको हो ।

विगत लामो समयदेखि राज्यले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताल लगायतका आयोजनाहरुको निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्नुपर्ने दायित्व करीब ४५ अर्ब रुपैयाँ रहेको महासंघ अध्यक्ष रवि सिंहले जानकारी दिए । समयमा रकम भुक्तानी नहुँदा व्यवसायीहरूले बैंक ऋण किस्ता तथा राज्यलाई बुझाउनु पर्ने करको रकम समेत बुझाउन नसकेकाे भन्दै अध्यक्ष सिंहले निर्माण आपूर्ति चक्र नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने भयावह स्थिति बनेको बताए ।

राज्यले निर्माण व्यवसायीहरूको रकम भुक्तान गर्न नसक्ने हो भने सम्बन्धित आयोजनाहरूलाई रुग्ण आयोजनामा समावेश गरी सार्वजनिक खरिद ऐन बमोजिम त्यस्ता आयोजनालाई सुविस्ताको आधारमा अन्त्य गर्दै फरफारकको व्यवस्था हुनुपर्ने महासंघको माग रहेको छ।

निर्माण क्षेत्र चलायमान गराउने र गर्न सक्ने योजना मात्रै दिन महासंघका पदाधिकारीले सरकारलाई भनेका छन् ।

नजिकिँदै आइरहेका नेपालीहरूको महान पर्वहरु बिजया दशमी, तिहार र छठको पूर्व सन्ध्यामा व्यवसायीहरुको भुक्तानी गर्न बाकी रकम तत्काल भुक्तानी गरी निर्माण व्यवसायीहरू र उनीहरूसँग आश्रित हजारौं परिवार र लाखौं मजदुरलाई राहत दिन महासंघले भनेको छ ।

महासंघले निर्माण व्यवसायीहरुको ४५ अर्ब तत्काल भुक्तानी नगरे सशक्त आन्दोलन थाल्ने चेतावनी समेत दिएको छ ।

Health Tips Ad Road Block