skip this News Page Tips Ad Road Block

पानी परिरहेछ–कुन नदीमा कुन दिन बढी जोखिम र उच्च जोखिम हुन्छ जान्नुहोस् !

काठमाडौं । देशभर पानी परिरहेकाले केही दिन देशैभर वर्षाले जोखिम निम्त्याउने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बाढीले निम्त्याउन सक्ने जोखिममा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हाे।

महाशाखाले बिहीबार नै ४ दिनको बाढीको पूर्वानुमान गर्दै उच्च, मध्यम र निम्न जोखिम भएका नदीहरुबारे जानकारी दिएको छ । विशेष बुलेटिन नै सार्वजनिक गर्दै महाशाखाले सबैलाई सचेत गराएको हो ।

मौसममा बदली भएका कारण आइतबारसम्म ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने अनुमान गर्दै महाशाखाले जलसतह बढ्नसक्ने नदीहरुको विवरण सार्वजनिक गरेको हो ।

महाशाखाले उच्च र मध्यम जोखिम भएका क्षेत्रका नदी तथा सहायक नदीहरुमा जलसतहले खतराको तहसमेत पार गर्नसक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । महाशाखाले विशेषगरी तटीय क्षेत्रमा बस्नेहरुलाई अबको तीन दिनसम्म सतर्कता अपनाउन भनेको हाे । असोज १४ गतेदेखि भने मौसममा सुधार हुने आँकलन गरिएको छ ।

Health Tips Ad Road Block