Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

त्रिभुवन विश्वाविद्यालयले २०५८ सालदेखिका परिक्षार्थीका लागि मौका परिक्षा संचालन गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परिक्षार्थीका लागि मौका परिक्षा संचालन गर्ने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालयले मंगलबार एक सूचना प्रकाशित गरेर सो जानकारी गराएको हो।

त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा समितिको २०८१ असोज सात गते बसेको बैठकले मौका परिक्षाको ब्यवस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ।

प्रकाशित सूचनामा मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा ,कानुन ,विज्ञान तथा प्रविधि अध्ययन संस्थानका २०५८ साल देखिका वार्षिक प्रणाली अन्तर्गत र २०६९ सालदेखिका सेमेस्टर प्रणालीका विद्यार्थीको लागि एकपटक मौका परिक्षा संचालन गर्ने भएको उल्लेख छ।

Health Tips Ad Road Block