काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सोमबारदेखि देशभर चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । दशैं, तिहार र छठ पर्व लक्षित बजार सुरु गरेको लिमिटेडले जनाएको छ ।
विगत वर्षहरुमा जस्तैगरी साल्ट ट्रेडिङले सहुलियत बजार सञ्चालनमा ल्याएको हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जनाएअनुसार काठमाडौंमा ११ स्थान, बाहिरी जिल्लामा २२ स्थान र घुम्ती सेवा तीनवटा रहेको छ । उपत्यका र आसपासमा कालिमाटी, कोटेश्वर, सतुंगल, भक्तपुर, बनेपा, सिफल, कौशलटार, पाटन, बालाजु लगायत स्थानमा कम्पनीको सहुलियत बजार सञ्चालनमा रहेको छ ।
साल्ट ट्रेडिङले सञ्चालनमा ल्याएको पसलमा नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ, डिडिसीको घ्युमा लिटरमा १० रुपैयाँ, लङ्ग रेन र पाँच किलोको चामलमा १० रुपैयाँ र स्थानीय चामलहरूमा २५ देखि ३० रुपैयाँ बोरामा छुट दिइएको छ । साल्ट ट्रेडिङले मूल्यमा छुटसँगै गुणस्तरीय सामान उपलब्ध हुने दाबी गरेको छ ।
यस्तो छ छुटपछिको मूल्यसूचि
सरकार स्तरीय निर्णयअनुसार यो सहुलियत बजार छठ पर्वसम्म सञ्चालनमा आउनेछ । यदि सरकारले समय बढाउने निर्णय गरेमा त्यो अनुसार सहुलियत पसलको समयबधी बढ्न पनि सक्ने साल्ट ट्रेडिङले जनाएको छ ।