ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

हुलास फिनसर्भ हायर पर्चेजले आइपीओ निष्काशन गर्ने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीको साधारण शेयर निष्काशन गर्नेसम्बन्धी कार्यको लागि एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ । यससम्बन्धी सम्झौतापत्रमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो आइपीओ निष्काशन प्रक्रिया अगाडि बढाईने हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष गोल्छाले जानकारी गराएका छन् ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।

Health Tips Ad Road Block