काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीको साधारण शेयर निष्काशन गर्नेसम्बन्धी कार्यको लागि एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ । यससम्बन्धी सम्झौतापत्रमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।
नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो आइपीओ निष्काशन प्रक्रिया अगाडि बढाईने हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष गोल्छाले जानकारी गराएका छन् ।
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।