skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता

न्यूयोर्क । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्रीले शनिबारदेखि महत्वपूर्ण भेटघाट र छलफललाई तिव्रता दिएका छन् ।

प्रधानमन्त्री ओलीले फोसिल फ्युलमुक्त संसदीय संजालको कार्यक्रममा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९ः४५ बजे न्युयोर्क पुगेका थिए ।

Health Tips Ad Road Block