Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कुनै बैंकमा समस्या आइहाले हस्तक्षेप गरेर परिस्थिति नियन्त्रणमा लिने निक्षेप बीमातर्फ गभर्नरकाे जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै बैंकमा समस्या आइहाल्यो भने पनि त्यसमाथि हस्तक्षेप गरेर परिस्थिति नियन्त्रणमा लिनसक्ने गरी निक्षेप बीमा योजनालाई परिस्कृत गर्न आवश्यक भएको’ औंल्याएका छन् ।

एसियाली देशका सुरक्षण संस्थाहरु (एसिक)को ३६ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा गभर्नर अधिकारीले निक्षेपकर्ताको सुरक्षण गर्ने हैसियत कोषले राख्नुपर्ने बताए । साथै पछिल्लो समय कोषको क्षमता बढ्दै गएको बताए । उनले एसियाली मुलुकका साना नवप्रवर्तनकारी संस्थाहरुका लागि इननोभेसनलाई आधार मानेर प्रवाह हुने कर्जाको महत्व निकै उच्च रहेको बताए ।

उनले निजी क्षेत्रको कर्जा प्रवाहमा सहजिकरण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले ठूलो सहयोग पुगेको बताए । पछिल्ला अन्तर्राष्ट्रिय वित्तीय संकटहरुका बेलामा समेत नेपालको बैंकिङ प्रणाली सबल हुनुलाई यहाँको निक्षेप तथा कर्जा सुरक्षणको नीतिले ठूलो सहायता पुर्याएको उनको भनाइ थियो ।

गभर्नर अधिकारीले नेपालमा केन्द्रिय बैंकले लामो समयदेखि लघुवित्त कार्यक्रमलाई प्राथमिकता साथ अघि बढाएको र यसले सामाजिक न्याय तथा वित्तीय पहुँच विस्तार गर्न उल्लेख्य सहयोग पुगेको स्मरण गरे । उक्त कार्यक्रमको प्रभावकारीतामा निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिकाको उनले प्रशंसा गरे । “पछिल्लो समय कोषको क्षमता बढ्दै गएको छ” उनले भने, “आगामी दिनमा कोषको क्षमता अझै बढ्दै जान्छ भन्ने मलाई विश्वास छ ।”

Health Tips Ad Road Block