skip this News Page Tips Ad Road Block

सहकारीसम्बन्धी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पारित गरेको हो । सरकारले प्रतिवेदन कार्यान्वयन गर्न विभिन्न मन्त्रालयमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

उनले भने, ‘संसदमा प्रस्तुत भएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिन प्रतिवेदन, २०८१ सभामुखज्यूले कार्यान्वयनको लागि मन्त्रिपरिषद्मा पठाउनु भएको थियो । मन्त्रिपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन प्रतिवेदन, २०८१ कार्यान्वयनको लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय भएको छ ।’

गुरुङले समिति संयोजकले संसदमा प्रस्तुत गरेको समितिको प्रतिवेदन र कारबाहीको सिफारिसअनुसार सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने बताए ।

उनकाअनुसार, सरकारले संसदमा प्रस्तुत भएको सहकारी संस्था वचत रकम दुरुपयोगसम्बन्धी छानविन प्रतिवेदन, २०८१ लाई कार्यान्वयनका लागि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउने निर्णय भएको छ । समिति संयोजक सूर्यबहादुर थापा क्षेत्रीले संसदमा प्रस्तुत गरेको समितिको प्रतिवेदन र कारबाहीको सिफारिसअनुसार सरकारले प्रतिवेदन कार्यान्वयन गर्नेछ ।

Health Tips Ad Road Block