ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एनसेल फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव, २० करोडको सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गर्दै, नेपाल र आम नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्‌नो यात्राको १९औं वार्षिकोत्सव मनाएको छ।

ूविगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गरि २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर)भन्दा बढीको योगदान गरेको जनाएको छ। ‘हाम्रा सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौं,’ वार्षिकोत्सव मनाउन मंगलबार आयोजना गरिएको एक विशेष कार्यक्रमका दौरान एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको भिजन रहेको बताएको छ । फाउन्डेसनको उद्देश्यहरुमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको एनसेलले जनाएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गर्नुका साथै आफ्‌ना परिवारजन तथा आफन्तहरुसँग सम्पर्कमा रहिरहन कम्पनीले ग्राहकहरुलाई १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेवा सुविधाहरु निःशुल्क उपलब्ध गराएको थियो ।

‘कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा रु १० करोड योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो । गत वर्षको जाजरकोट भूकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई रु ५० लाख सहयोग उपलब्ध गराएको थियो र भूकम्प प्रभावित क्षेत्रका १० विद्यालयहरुलाई कक्षा कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो ।’ एनसेलले उल्लेख गरेको छ ।

त्यसैगरी २०७१ सालमा, देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरुको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गराएको जनाउँदै १९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेलले आगामी ५ वर्षमा कम्पनीले कम्तिमा २० करोड सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

‘एनसेलले टावरहरू राख्ने, मानिसहरुलाई दूरसञ्चार सेवा प्रदान गर्ने र रोजगारी दिने काम मात्र गर्दैन । सीएसबारमा दिगो, प्रभावकारी र ुहामी तपाईकै लागिु थिप अनुसार काम गर्दै नेपालमा एक उदाहरणीय कम्पनीका रुपमा स्थापित हुने लक्ष्यसहित अगाडि बढेको कम्पनी पनि हो एनसेल ।’ जाब्बोरले भने ।

सोही कार्यक्रममा एनसेलले हालै मात्र पेरिस पाराओलम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ ।

जाब्बोरले गत वर्ष एनसेलले कसरी पलेशालाई सहयोग गर्ने निर्णय लियो भन्ने बारेमा पनि कार्यक्रमका दौरान बताएका थिए ।

‘एक वर्ष अघि एनसेलको वार्षिकोत्सवको अवसरमा हामीले पाराओलम्पिक कमिटी नेपालसँग भेट गरी हामी तपाईहरुको सस्थामार्फत पारा खेलाडीहरुको विकासको लागि सहयोग गर्न चाहन्छौं भन्दा उहाँहरुले विश्वास नै गर्न सक्नुभएको थिएन । यो एक नितान्त सामाजिक पहल अन्तर्गत जहाँ सहयोग पुगेको छैन त्यो क्षेत्रमा सहयोग पुर्याउने उद्देश्य अनुरुप गरिएको सहकार्य थियो,’ जाब्योरले भने ।

आफनो ब्राण्ड बाचा ‘आज, भोलि सधैं सँगै’ र एनसेल फाउन्डेसनको शुमारम्भसँगै एनसेलले आफ्‌नो सामाजिक कार्यको धरातललाई अझै फराकिलो पार्दै समुदायको तल्लो स्तरमा सामाजिक पहलहरुका साथ धेरै भन्दा धेरै मानिसलाई लाभान्वित गर्ने उद्देश्य लिएको छ ।

एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरु कार्यान्वयन गरिने छन् र प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रुपमा सहयोग प्राप्त गर्नेछन् । गत वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेका छन् ।

‘सन् २००५ मा आजकै दिन अथात सेप्टम्बर १७ बाट एनसेल (पहिल मेरो मोबाइल) ले आफ्‌नो सेवा संचालनमा ल्याउँदै यात्रा शुरु गरेको थियो । त्यसबेलादेखि नै कम्पनीले आफ्‌ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको छ । यो यात्रा हाम्रो ग्राहक, साझेदारहरु, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोस बिना सम्भव थिएन । यसै साथ र भरोसालाई आगामी दिनको लागि आत्मसाथ गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोयाउन हामी तत्पर छौं’ जाब्बोरले भने ।

नेपालको एक ठूलो करदाताको रुपमा एनसेलले आफ्‌नो स्थापना कालदेखि आज सम्म ३२० अर्ब रुपैयाँभन्दा बढी सरकारलाई कर तथा शुल्कहरु बुझाई सकेको छ र नेपालको अर्थतन्त्रमा उल्लेखनिय योगदान पुर्याएको जनाएको छ ।

सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवा टुजी, थ्रीजी हुँदै फोरजी सेवा, वायरलेस मोबाइल ब्रोडब्याण्डदेखि प्वाइन्ट टु प्वाइन्ट कनेक्टिभिटी र मोबिलिटी सेवादेखि क्लाउड र डेटा सेन्टर सेवासहित नेपाली व्यवसायहरुलाई उनीहरुका सञ्चार आवश्यकताहरु पुरा गर्न नवीनतम सेवाहरु प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको उसको दाबी छ ।

१९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले विभिन्न कार्यक्रमहरु जस्तै वृक्षरोपण, शैक्षिक सामग्री वित्तरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । साथै एनसेल व्यवस्थापनका उच्चपदस्त अधिकारीहरु र अन्य कर्मचारीहरु ग्राहकहरूसँग अन्तरक्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण पनि गर्ने जनाएको छ ।

Health Tips Ad Road Block