काठमाडौं । ओखतीका १९ प्रकारका नयाँ उत्पादन सार्वजनिक भएको छ । जयकाली जडिबुटी उद्योग प्रा.लि.ले २०६५ सालदेखि ओखतीका उत्पादनहरु बजारमा ल्याइरहेको र आज थप १९ प्रकारका उत्पादन बजारमा ल्याएको हो ।
ओखतीले ४ प्रकारका फेसवास., ४ प्रकारका डे एण्ड नाईट क्रिम, २ प्रकारका स्याम्पु, सावोर जेल, लोसन, भिटामीन सी सीरम, अरु २ प्रकारका सीरम, लिपबाम र मन्जन लगायतका कस्मेटिक प्रोडक्टहरु सार्वजनिक गरेको हो । नेपाली ब्राण्ड रहेको ओखतीले त्वचाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको जयकाली जडिबुटी उद्योगका प्रबन्ध निर्देशक शोभाकान्त बस्यालले बताएका छन् ।
उत्पादनलाई विशेषगरी प्राकृतिक तत्त्वहरूमाथि आधारित बनाइएको छ र त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्ख र कपाललाई पनि स्वस्थ, चम्किलो बनाउन मद्दत गर्ने कम्पनीले जनाएको छ । ओखतीले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पकड राख्न यो उत्पादन सार्वजनिकलाई ठूलो महत्व दिएको छ ।
त्यस्तै ओखती उत्पादन गर्ने जयकाली जडिबुटी उद्योगले ओखती नेपाल अवार्ड–२०२४ बाट विभिन्न डिलर एवं निर्यातकर्ता र कर्मचारीलाई सम्मान गरेको छ ।
अमेरिका, युरोप, चीन, मलेसिया, दुबई, कतार, बेल्जियम, फ्रान्स, पोर्चुगल, क्यानडा, जर्मनी लगायतका देशहरूमा ओखतीका सामानहरु निर्यात हुने गरेका छन् ।