काठमाडौं । सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्नेक्रमले निरन्तरता पाएको छ । आइतबारको नयाँ रेकर्ड सोमबार तोडिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम गरेको हो ।
आइतबारको तुलानामा मूल्य ५ सय रुपैयाँले बढेको हो । गत शुक्रबार पनि १ लाख ५६ हजार ३०० रुपैयाँमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।
आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।