skip this News Page Tips Ad Road Block

विभिन्न दश निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने तयारी

काठमाडौं । सार्वजनिक खरिद कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने तयारी गरेको छ ।

पछिल्लो समय विभिन्न कारणले कालोसूचिमा पर्नेक्रम बढिरहेको बेला कार्यालयले यस्तो तयारी गरेको हो । कार्यालयले एक सूचनामार्फत यस अगावै लिखित स्पष्टिकरण पेस गर्न ३० दिनको समय दिएका निर्माण कम्पनीले हालसम्म पनि लिखित स्पष्टिकरण पेस नगरेकाले कालोसूचिमा राख्ने तयारी भएको जानकारी दिएको छ । कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै सात दिनभित्र स्पष्टिकरण पेस गर्नका लागि पुनः अर्काे समय दिएको छ ।

पछिल्लो तोकिएको समयसीमाभित्र पनि स्पष्टीकरण पेस नभएमा कार्यालयले ती १० निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने जनाएको छ ।

Health Tips Ad Road Block