Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कर्मचारीले खाजा खाने समय अब ३० मिनेट मात्रै, खाजाको बहानामा काम रोके हेल्लो सरकारमा उजुरी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले सरकारी कार्यालयको खाजा खाने समय जम्मा ३० मिनेट तोकेको छ । खाजा खाने समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो बढ्दै गएपछि सरकार खाजा खाने समय तोक्न बाध्य भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत यसलाई स्पष्ट पारेका छन् । उनका अनुसार अब साढे एक बजेदेखि २ बजेको समयलाई खाजा खाने समय तोकिएको छ । यदि यसलाई उल्लघन गरेमा हेल्लो सरकारमा उजुरी गर्न पनि प्रधानमन्त्रीले अनुरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन। कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।

 

Health Tips Ad Road Block