ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

हालसम्मका सबै हवाई दुर्घटनाको छानबिन गर्न अर्काे छानबिन समिति बनाइने

bf dear shoes jutta mela 2082 baishak-jesth

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानबिन समितिले निकालेका निष्कर्ष र ती समितिले औँल्याएका विषयबारे अध्ययन गर्न एक उच्च स्तरीय छानबिन समिति बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवङ्गतहरूको ४५औँ दिनको पुण्य तिथिको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा विषयक कार्यक्रममा मन्त्री पाण्डेले भने, ‘‘हवाई दुर्घटनाबारे विगतमा थुप्रै अलग–अलग अध्ययन र अनुसन्धान भएका छन् । तिनीहरूलाई एकीकृतगरेर एक ठाउँमा राख्नु पर्ने छ ।’ ‘नागरिक उड्डयन क्षेत्रलाई सुरक्षित पार्नका लागि न्यायिक क्षेत्रका व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउनेछौँ । त्यस समितिले अध्ययन गरेका कुरालाई सरकारले समेत शिरोधार्य गर्नेछ।’ उनले भने ।

मन्त्री पाण्डेले हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको बताए । सो विधेयक मन्त्रिपरिषद् मार्फत संसदमा पेस गरिने उनले बताए । मन्त्री पाण्डेले हवाई ऐनलाई समय सापेक्ष हुनेगरी परिमार्जन गरिने पनि बताए ।

Health Tips Ad Road Block