काठमाडौं । लुम्बिनी प्रदेश सभा सांसद धनबहादुर केसी (डीबी) जेल चलान भएका छन् । रुकुमपूर्व–२ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सांसद केसी २०४८ सालको किर्ते मुद्दा केसमा जेल चलान भएका हुन् ।
२०४८ साल असार ९ गते साविकको रुकुम जिल्ला अदालतले केसीलाई किर्ते मुद्दामा दोषी ठहर गरी एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। त्यसपछि केसी फरार थिए । आज भने सांसद केसी आफैं रुकुमपूर्व जिल्ला अदालतमा उपस्थित भएको र अदालतले कैद भुक्तानीको लागि रुकुम पश्चिमको कारागार चलान गरेको हो ।
उनी श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा दोषी ठहर रहेका थिए ।