काठमाडौं । पर्यटक बस व्यवसायीहरुको छाता संस्था टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिबान) को अध्यक्ष भिष्म न्यौपाने निर्वाचित भएका छन् । संस्थाको १३ औं वार्षिक साधारण सभा एवं सातौं अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
टिवानको प्रथम उपाध्यक्षमा दिपक भट्टराई, द्वितीय उपाध्यक्षमा अशोक अर्याल, महासचिव प्रकाश चन्द्र अधिकारी, कोषाध्यक्षमा चिरञ्जीवी गिरी चयन भएका छन् ।
त्यसैथरी सदस्यहरुमा रमेश पौडेल, सुजन दाहाल, छविलाल घिमिरे चयन भएका छन् ।