skip this News Page Tips Ad Road Block

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साढे २२ करोडको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । अंकित मूल्य १०० रुपैयाँमा इन्स्योरेन्सले आइपीओ जारी गर्न लागेको हो ।

उक्त आइपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य एनआइएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ । यससम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पु¥याउने लक्ष्य लिई लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स कम्पनी लि. मिति २०८०/०५/०१ मा लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरी मिति २०८०/०९/०६ गतेदेखि औपचारिक रुपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आईरहेको छ ।

Health Tips Ad Road Block