Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साढे २२ करोडको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । अंकित मूल्य १०० रुपैयाँमा इन्स्योरेन्सले आइपीओ जारी गर्न लागेको हो ।

उक्त आइपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य एनआइएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ । यससम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पु¥याउने लक्ष्य लिई लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स कम्पनी लि. मिति २०८०/०५/०१ मा लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरी मिति २०८०/०९/०६ गतेदेखि औपचारिक रुपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आईरहेको छ ।

Health Tips Ad Road Block