skip this News Page Tips Ad Road Block

‘टोयोटा विजय उत्सव’ सुरू, एक्सचेन्जदेखि बीमासम्मको सुविधा,कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा बम्पर छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले भदौ १३ बाट सुरू गरेर १८ गतेसम्म यस्तो टोयोटा विजय मनाउन लागेको बताएको छ । आगामी बिहिबारदेखि ६ दिनसम्म ‘कार्यक्रम गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको धुम्बाराही शोरुममा आयोजना हुने उक्त कार्यक्रममा आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर विभिन्न स्कीम सार्वजनिक गर्न लागेको हो ।

विजय उत्सवमा ग्राहकले कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा ३० प्रतिशत डाउन पेमेन्तमा डेलिभरीको विशेष व्यवस्था गर्नुको साथै तत्काल पुरानो गाडीको भ्यालुएसन, फ्रि रोड ट्याक्स, एक्सचेन्ज बोनस, एक वर्षको पूर्ण बीमा, गिफ्ट ह्याम्पर, नगद छुटका विशेष छुट पाउने छन् ।

कार्यक्रममा विभिन्न बैंकहरुको सहकार्यमा सहजै फाइनान्स सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ टोयोटाको गाडी खरिद गर्न चाहने ग्राहकलाई विभिन्न एक्सचेंजरसँग सहकार्यमा उत्कृष्ट भ्यालुयसन प्रदान गरिने कम्पनीको भनाइ छ ।

यस कार्यक्रममा टोयोटाका गाडी चडिरहेका ग्राहकहरुले समेत नयाँ ग्राहकलाई रिफर गरेर रिवार्ड समेत जित्न सक्नेछन् । विजय उत्सवको अर्को आकर्षणको रुपमा डेली लक्की ड्र समेत रहेको छ ।

Health Tips Ad Road Block