skip this News Page Tips Ad Road Block

नेपालमा चिनियाँ कम्पनी डोङफेङको नयाँ ईभी नामी गाडी सार्वजनिक

काठमाडौं । चीनको ठूला चार मध्येको एक अटोमोवाइल कम्पनी डोङफेङ मोटरले नामी ब्राण्डको ईभी कार नेपालमा सार्वजनिक गरेको छ । विभिन्न ३ मोडलमा सार्वजनिक भएको नामी गाडी एमएडब्लु वृद्धि मोटर्सले नेपाली बजारमा भित्र्याएको हो ।

२९ लाख ९९ हजार रुपैंयाँ, ३१ लाख ९९ हजार रुपैयाँ र ३४ लाख ९९ हजार रुपैयाँ मूल्यका तीन मोडलका नाम ईभी गाडी नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नामी सार्वजनिक गर्दै एमएडब्लु वृद्धि मोटर्सका अध्यक्ष विष्णु अग्रवालले नेपाली बाटो सुहाउँदो, ग्राहकलाई अधिक सन्तुष्टि दिने र उपयुक्त मूल्यको नामीले ग्राहकको विश्वास जित्ने दाबी गरेका छन् ।

Health Tips Ad Road Block