skip this News Page Tips Ad Road Block

अब देशका १८ स्थानीय तहमा विद्युत पुग्न बाँकी

काठमाडों । ७५३ स्थानीय तहमध्ये नेपालका १८ स्थानीय तहमा विद्युत पुग्न बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण भइसकेको र १९६ स्थानीय तहमा आंशिक विद्युतीकरण भएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्याँकअनुसार राष्ट्रिय प्रसारण ग्रिड नपुगेका १८ स्थानीय तहका बासिन्दाले लघु जलविद्युत र सौर्य ऊर्जामार्फत विद्युतको उपभोग गरिरहेका छन् । प्राधिकरणले कुल जनसङ्ख्याको ९९ प्रतिशतमा विद्युत पुगेको जनाएको छ । विद्युत पहुँच पुगेको जनसङ्ख्यामध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र दुई प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघु जलविद्युत, सौर्य ऊर्जालगायतबाट विद्युतको प्रयोग गरिरहेका छन् ।

७५३ स्थानीय तहमध्ये ५९० स्थानीय तहमा ९५ देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ ।

Health Tips Ad Road Block