ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

मन्त्रालयबाट अर्बौं अनुदान लगेर काम नगर्नेलाई सार्वजनिक गर्ने कृषिमन्त्री अधिकारीको चेतावनी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयबाट अर्बौं रुपैयाँ अनुदान लगेर काम नगर्नेहरुको विवरण छिट्टै सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

मन्त्रालयको कार्यभार सम्हालेको ३५ दिनमा के गर्न सकिन्छ भनेर छलफलमा जुटेका कृषिमन्त्री अधिकारीले काठमाडौंमा पत्रकारहरुसँग सुझाव लिँदै मन्त्रालयले केही वर्षका बीचमा अर्बौं रुपैयाँ दिएको अनुदानबारे लगत संकलन भइरहेको र केही दिनमै सार्वजनिक गर्ने बताए । पत्रकारहरुसँग कुरा गर्दै अधिकारीले भने, ‘कृषि मन्त्रालयले यो दुई–पाँच वर्षका बीचमा अरबौं रुपैयाँ अनुदान दिएको रहेछ । मैले त्यो अनुदान रकम कसले कति लिएको छ ? २०/२५/३० लाखको सरोकार होइन । ठूला अनुदान लिने तर जरो किलो केही पनि छैन । किन दिइयो ? त्यो खोजी गरेर सार्वजनिक गर्नुपर्छ भनेर मन्त्रालयलाई अह्राएको छु । यदि दिँदैन भने कसले दिँदैन म कहाँ ल्याउ भनेर त्यो काम गरेको छु । त्यसकारणले ढुक्क हुनुस्, केही दिनमा यो पनि सार्वजनिक हुनेछ । मबाट कसैले पनि आशा नगर्नु कि म केही दिन सक्दिन ।’

मन्त्री अधिकारीले आर्थिक क्षेत्रको सुधारका लागि नयाँ कृषि नीति ल्याउन लागेको जानकारी दिएका छन् ।

उनले नीति निर्माण र कृषि क्षेत्रका संकट मोचन सँगसँगै अगाडि बढाउने बताए । कृषि मन्त्रालयबाट सबै किसानको हित गर्न लाग्ने तर कलंकको टिका लगाएर नबाहिरिने संकल्प कृषि मन्त्री अधिकारीको छ । उनले कृषि उपज बिक्री नभए राज्यले किनिदिने वातावरण बनाउनतर्फ लाग्ने पनि बताए ।

त्यसैगरी किसानलाई ऋण दिन आनाकानी गर्ने बैंकहरुलाई ठिक पार्ने योजना पनि मन्त्री अधिकारीले सुनाएका छन् । ऋणको सहजीकरणको लागि आफूले बैंकहरुमार्फत पहल गरिरहेको उनले बताए ।

आफू जिम्मेवारीबाट कहिल्यै नभाग्ने भन्दै मन्त्री अधिकारीले कृषि मन्त्रालय र साना किसान एवं जनताबीचको खाडल पुर्न संधै लागिपर्ने बताए ।

Health Tips Ad Road Block