api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

शेयरमा रेकर्ड ब्रेक, ३० अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारको कारोबार मापक नेप्से परिसूचक ४३.०५ अंकले बढेको छ । यसदिन नेप्से कारोबारमा रेकर्ड ब्रेक नै हुनपुग्यो । बजारमा २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो ।

नेप्से एक दशमलव ४५ प्रतिशतले बढेर तीन हजार विन्दुमा उक्लिएको छ । बजारमा १०६ कम्पनीका मूल्य बढेका छन् भने १३६ कम्पनीको मूल्य घटे । एक कम्पनीको मूल्य स्थिर रहेको छ ।

अन्तिम कारोबारको बजारमा कुल ३ लाख ११ हजार ५३६ वटा करोबार हुँदा ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर किनबेच भए ।

Health Tips Ad Road Block