काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ ।
घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजेल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजेल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।
काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५५ रुपैयाँ कायम गरिएको आयल निगमले जनाएको छ ।


















