skip this News Page Tips Ad Road Block

त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नेबारे शिक्षमन्त्रीको चासो

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प नरहेको बताएकी छिन् । लाखौं विद्यार्थीहरूको शैक्षिक भविष्य बोकेको त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तरको बारेमा बेला बेलामा प्रश्न उठ्ने गरेको तर्फ इङ्गित गर्दै, मन्त्री भट्टराईले कुनै गुनासो नआउने गरी कार्यसम्पादनको स्तरमा सुधार ल्याउने अल्पकालीन र दीर्घकालीन रणनीति तय गरिने बताइन् ।

भट्टराईले त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसिएसन नेपालको पाँचौं साधारण सभा उद्घाटन गर्दै राज्यका हरेक नीति र राजनीति नेतृत्व गर्ने हुँदा, हरेक निकायलाई राजनीतिमार्फत निर्माण हुने नीति प्रधान बनाउनेतर्फ ध्यान दिन सरोकारवाला निकायलाई क्रियाशील बनाउने उल्लेख गरिन् ।

‘हामी शैक्षिक गुणस्तर वृद्धिका लागि स्पष्ट कार्ययोजना सहित अघि बढ्ने छौं। सरोकारवाला सबै निकायहरूलाई केही समयभित्र गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनको परिणाम देखिने गरी काम गर्नुपर्छ, ’ मन्त्री भट्टराईले आग्रह गरिन् ।

Health Tips Ad Road Block