api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

निजी क्षेत्रले भन्यो–ठूला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा

काठमाडौं । नेपालको निजी क्षेत्रले ठूला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा गरेको बताएको छ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संसदका ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भइ निजी क्षेत्र विस्तार हुने अपेक्षा गरेका हुन् ।

कैलाली उद्योग वाणिज्य संघको ५० औं वार्षिक साधारणसभामा अध्यक्ष ढकालले नीतिगत अस्थिरता आर्थिक विस्तारको सबैभन्दा ठूलो समस्या रहेको सन्दर्भमा अब सुधारको सम्भावना रहेको बताएका हुन् । मुलुकको बाह्य क्षेत्र सुदृढ रहेको र सेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने बताए ।

‘संघसँगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको छ । यस सन्दर्भमा प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्नेछ’, अध्यक्ष ढकालको भनाई थियो ।
कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरु मध्ये छैठौं स्थानमा रहेको र सबैभन्दा बढि गरिबी रहेको सुदुरपश्चिममा सम्भावना भने उच्च रहेको अध्यक्ष ढकालले बताए ।

जलस्रोत पर्यटन मात्रै नभइ यहाँको जनशक्ति निक्कै मिहिनेती रहेको र युवाहरु विकासको सम्भाहक हुने उनको भनाइ थियो । जिल्लामा रहेका साना, मझौला उद्यमलाई सहयोग पुग्ने गरि महासंघले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताए । कुनै समस्या भए समाधानका लागि महासंघले पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

Health Tips Ad Road Block