ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

जारको पानीको ४७ रुपैयाँभन्दा बढी लिए कारबाही, बोटलको १६ रुपैयाँ

bf dear shoes jutta mela 2082 baishak-jesth

काठमाडौं । सरकारले काठमाडौंभित्र बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्दै बजारमा समानरुपमा कायम गर्न निर्देशन गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक विज्ञप्ति जारी गरी पानी उत्पादकहरुले एकै प्रकारको गुणस्तर, तापतौल र परिमाण भएको पानीमा फरक–फरक एमआरपी लगाएर बिक्री–वितरण गरिरहेको जानकारी आएकाले अब उप्रान्त त्यसो नगर्न सूचित गराएको छ ।

काठमाडौं उपत्यकामा बिक्री हुने जारको पानी (२० लि.) प्रति गोटाको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) ४७ रुपैयाँ र बोटल (१ लि.) प्रति गोटाको अधिकतम खुद्रा बिक्री मूल्य १६ रुपैयाँ रहेको विभागले जानकारी दिएको छ ।

विभागले कतिपय होटल, रेष्टुरेन्ट र व्यवसायिक फर्मसँग पानी उत्पादकहरुले सम्झौता गरी छुट्टै अधिक मूल्यको एमआरपी तोक्ने गरेको जनाएको छ । तोकिएको एमआरपीलाई वास्ता नगरी कोही कसैले कारोबार गरेमा कानुन बमोजिम कारवाही गर्ने चेतावनी विभागले दिएको छ ।

Health Tips Ad Road Block