ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

पूर्वतिर हावाहुरी र बाँकी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज देशका पूर्वी भाग कोशी र मधेस प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना रहेको र बाँकी प्रदेशमा भारी वर्षको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले पूर्वानमान बुलेटिनमार्फत यसलाई उल्लेख गरेको हो ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको विभागले जनाएको छ । विभागका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको र गण्डकी प्रदेश, कोशी र बागमती प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

शुक्रबारको मौसमबारे उल्लेख गर्दै महाशाखाले भनेको छ, ‘देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ ।’

बुलेटिनमा रातिको पनि मौसबारे पूर्वानुमान गरिएको छ । बुलेटिनका अनुसा राति देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

विभागले बुलेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै भनेको छ, ‘कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको साथै मधेश र कोशी प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

Health Tips Ad Road Block