skip this News Page Tips Ad Road Block

४.३ मेगावाटको फेदीखोला हाईड्रोमा बाणिज्य बैंकले ५० करोड लगानी गर्ने

काठमाडौं । फेदीखोला हाईड्रो पावर कम्पनी प्रा.लि. र राष्ट्रिय बाणिज्य बैंकका बीचमा फेदीखोला (थुम्लुङ्ग) जलविद्युत आयोजना ४.३ मेगावाटमा ऋण लगानी गर्ने सम्झौता भएको छ । बिहीबार दुई पक्षबीच यससम्बन्धी सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय बाणिज्य बैंकका तर्फबाट पूर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वाडा नं. ६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत आयोजना ४.३ मेगावाटमा ५० करोड रुपैयाँ राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ ।

कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपूँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यहि साउन महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रा.लि. बाट लि. मा परिवर्तन गरी स्वपूँजी ४४ करोडको तीस प्रतिशत अर्थात् १३ करोड २० लाख आईपीओ निश्कासन गर्ने प्रक्रियामा जाने र चालु आर्थिक वर्ष भित्रमा आईपीओ निष्काशन गर्ने लक्ष्य लिइएको छ ।

२०८२ असोजभित्र सम्पन्न हुने यस आयोनाको लागि आवश्यक सम्पूर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहुँचमार्ग निर्माण, गोदाम घर, आवास गृह आदिको निर्माण सम्पन्न भएको छ र सिभिल निर्र्माण ठेक्का सम्झौता सम्पन्न भई अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block