Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सामाजिक संजालमार्फत क्यानडा लगिदिने प्रलोभन देखाई ८४ लाख ठगी

ठगी अभियोगमा काठमाडौंको कोटेश्वरबाट एक पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सामाजिक संजालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । झापा बिर्तामोड नगरपालिका–९ घर भई ललितपुर चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्‍वरबाट पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।

भण्डारीले पीडितहरुलाई क्यानडा लैजान्छु भनि प्रलोभन देखाई विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक–पटक गरी ८४ लाख १५ हजार ६ सय २५ रूपैयाँ रकम पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीको भनाइ छ ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको पनि प्रहरीले जनाएको छ ।

 

Health Tips Ad Road Block