skip this News Page Tips Ad Road Block

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पौडेल आजदेखि लागु हुनेगरी नेपाल राष्ट्र बैंकको प्रवक्ता तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । पौडेल हाल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।

Health Tips Ad Road Block