skip this News Page Tips Ad Road Block

मन्त्री र सचिवलाई बोलाएर प्रधानमन्त्री ओलीले लिए ६ घण्टा ‘ब्रिफिङ

मंगलबार प्रधानमन्त्रीले निर्देशन दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगतरुपमा नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवहरुसँग ६ घण्टा ब्रिफिङमार्फत जानकारी लिएका छन् । समस्याको पहिचानसहित मन्त्रालयका कामबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ गर्न लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘आज बिहान करिब साढे ११ बजेदेखि साढे ५ बजेसम्म ६ घन्टा सबै मन्त्रालयका सचिवज्यूहरुको ब्रिफिङ सुनें । नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवज्यूहरुले आ–आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा खुलेरै कुरा राख्नु भयो । भनिन्छ– समस्याको सही पहिचान नै आधा समाधान हो । अब भोलिको एक दिन हामीले सोच्ने समय लिएका छौं र मंगलबार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौं ।’

बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै सचिवहरु सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले सचिवहरुका प्रस्तुतीका आधारमा मंगलबार निर्देशन दिने कार्यक्रम रहेको छ ।

Health Tips Ad Road Block