Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नियमन नहुने हो भने बचत तथा ऋण सहकारीहरु बन्द गर्नुपर्छः विज्ञ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाहरूलाई नियमन नगर्ने हो भने बन्द गर्नुपर्ने सुझाव विज्ञ एवं सरोकारवालाबाट प्राप्त भएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले गरेको छलफलकाक्रममा सहकारी बन्द गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी उनीहहरुले दिएका हुन् ।

समितिको २२ औं बैठकमा भएको छलफलबारे जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्थाको आवश्यक नियमन नहुँदा सहकारीमा बचत रकम दुरुपयोग भइरहेको बताए । बैठकमा सहकारी क्षेत्रको लेखापरीक्षणको क्रममा देखिएका समस्या, बचत दुरुपयोग र ठगीको बारेमा लेखापरीक्षण र लेखापरीक्षकको भूमिकाका बारेमा कानुनी प्रबन्ध र गर्नुपर्ने सुधारको विषयमा छलफल भएको संयोजक थापाले जानकारी दिए ।

लेखापरीक्षकले कैफियत देखाएका विषयमा शेयर सदस्यहरूले ध्यान नदिने गरेको, बरू लाभांश, खानपान र यातायातलगायतमा ध्यान दिने स्थिति रहेको प्रवृत्ति पनि बैठकमा उल्लेख भएको थापाले बताए । सहकारीको चार्टर्ड एकाउन्टेन्टले लेखा परीक्षण गर्ने तर हस्ताक्षर रजिस्टर्ड लेखा परीक्षकले गर्दा हस्ताक्षरकर्तालाई लेखा परीक्षणको अवस्था थाहा नहुने र लेखापरीक्षण गर्नेको हस्ताक्षर नहुने बेथिति अन्त्य गर्न पनि जोड दिइएको उनले बताए ।

बैठकमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका अध्यक्ष प्रविणकुमार झा, पूर्वअध्यक्ष युद्धराज ओली, उपाध्यक्ष निलबहादुर सारू, प्राविधिक निर्देशक किरणकुमार खत्री, एक्यान अध्यक्ष अरूण राउत, अडान वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराई, चार्टर्ड एकाउन्टेन्ट ज्ञानेन्द्र सुवेदी, चार्टर्ड एकाउन्टेन्ट तथा परिषद् सदस्य उमेशराज पाण्डे, चार्टर्ड एकाउन्टेन्ट प्रवेशराज आचार्य, चार्टर्ड एकाउन्टेन्ट तथा परिषद् सदस्य पियुष आनन्द लगायतसँग छलफल गरेको थियो।

Health Tips Ad Road Block