skip this News Page Tips Ad Road Block

अबको दुई वर्षमा देशभर शतप्रतिशत बिद्युतीकरण भइसक्ने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अबको दुई वर्षभित्रमा देशभर शतप्रतिशत विद्युतीकरण गरिसक्ने बताएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले राजधानीमा आयोजित एक कार्यक्रममा आगामी दुई वर्षभित्र देशभरि शतप्रतिशत विद्युतीकरण गरिसक्ने बताएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणले जनाएअनुसार हाल ९८ प्रतिशत विद्युतीकरण भइसकेको छ । त्यसमध्ये १५ प्रतिशत हिस्सा सामुदायिक विद्युतीकरणको रहेको छ ।

मन्त्री खड्काले देशभर विद्युतीकरण गर्ने दुई वर्षको लक्ष्य भएपनि त्यसअगाडि नै लक्ष्य प्राप्त गर्ने गरी काम भइरहेको पनि बताएका छन् ।

Health Tips Ad Road Block