api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

उपत्यकाभित्रका पालिकामा सार्वजनिक बिदा

काठमाडौं । आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिइएको छ ।

बिहीबार उपचारकाक्रममा निधन भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

वि.सं. २०२१ असार २० गते जन्मिएका नकर्मी २०७९ सालको स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

Health Tips Ad Road Block