काठमाडौं । खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलास गर्नका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्मको अवधिमा सो अनुमतिका लागि विभागले प्रमाणपत्र दिएको हो ।
विभागले चालु आर्थिक वर्षमा देशभर एक सय सात वटा खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको छ ।
विभागले दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलिङ कार्य गरिरहेको छ ।
यो अवधिमा देशभर चार रेक्टर स्केलभन्दा माथिका ५७ भूकम्प मापन गरिएको पनि विभागले जानकारी दिएको छ ।