Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

संक्रामक रोगको सूचिमा ५२ वटा रोग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल सरकारले ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूचीमा राखेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सङ्क्रामक रोगको सूचीमा सूचीकृत गरेको नेपाल राजपत्रमामार्फत जनाएको छ ।

सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड १९, दादुरा, डेंगु, जापानिज इन्सेफलाइटिस, हैजा, धनुष्टङकार, एच आइभी र एड्स, इन्फ्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्यादे ज्वरो, कालाजार, रोटाभाइरस, रुबेला, लेप्टोस्पाइरोसिस, भ्यागुते रोग र निमोकोकल निमोनिया रहेका छन् ।

त्यसैगरी कमलपित्त बी, औलो ज्वरो, एच इन्फ्लुएजा, ब्रुसेलोसिस, कुष्टरोग, लहरे खोकी, कमलपित्त सी, निपाह भाइरस इन्फेक्शन, एंथ्रेक्स, पोलियो, हाडे, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला भाइरस डिजीज, हात्तीपाइले, साल्मोनेलोसिस, क्रिमियन काङ्गो हेमोरेजिक फिवर, मारबर्ग भाइरस डिजीज सार्स, कमलपित्त ए, एमईआरएस, प्लेग, निजियोनेलोसिस, इचिनोकोकोसिस हाइडैटिडोसिस, एमपक्स, बिफर, येल्लो फिवर, कमलपित्त इ, सिस्टिसर्कोसिस टेनियास, चिकुनगुनिया, जिका, कयु फिवर, लासा फिवर, रिफ्ट भ्याली फिवर गरी ५२ वटा सङ्क्रामक रोगको सूचीमा राजपत्रमा प्रकाशित छन् ।

Health Tips Ad Road Block