skip this News Page Tips Ad Road Block

वर्खे झरीको परवाह नगरी लाइन्स क्लब चावाहिल सिटीको सूर्यविनायकदेखि घ्याम्पेडाँडासम्मको पदयात्रा(फोटोफिचर)

काठमाडौं । लाइन्स एण्ड लियो क्लब चावाहिल सिटीले दिनभरको वर्खे झरीको परवाह नगरी भक्तपुरको सूर्यविनायकदेखि घ्याम्पेडाँडासम्मको पदयात्रा सम्पन्न गरेको छ । शनिबार भक्तपुरको सूर्यविनायक–गुन्डु–पाइलट बाबा–घ्याम्पेडाँडासम्मको पदयात्रा सम्पन्न गरेको लाइन्स एण्ड लियो क्लब चावाहिल सिटीका अध्यक्ष जिम्बाजङ्बु शेर्पाले जानकारी दिए । ‘हाइक फर हेल्थ–हाइक फर इन्भारोमेन्ट–हाइक फर ह्यापिनेस’ भन्ने नाराका साथ हाइकिङ सम्पन्न गरिएको हो ।

गतवर्षदेखि लाइन्स एण्ड लियो क्लब चावाहिल सिटीका अध्यक्ष बनेका शेर्पाले सन् २०२३–२०२४ को कार्यकालमा २१ वटा हाइकिङ सम्पन्न गरेको जानकारी दिएका छन् । हरेक १५ दिनमा काठमाडौं वरिपरि एउटा हाइकिङ कार्यक्रम राख्ने गरेको र यो वर्षको पहिलो हाइकिङ जुलाईबाट शुरु गरिएको उनको भनाइ छ । ‘हाइक फर हेल्थ’ मुख्य नारा राखेको क्लबले स्वास्थ्यका लागि पानीले नरोक्ने भन्दै हाइकिङ शनिबार सम्पन्न गरेकाे जनाएको छ ।

 

सुरुदेखि अन्त्यसम्म पानी परेकाले १६ जना जाने भनिएकोमा १० जनाको उपस्थिति रहेको र पुरै अबधि पानीमा रहेर नै हाइकिङ सम्पन्न भएको हो । पदयात्राले आन्तरिक पर्यटनमा पनि मद्धत गर्नेछ ।

 

Health Tips Ad Road Block