ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

बाढी पहिरो पीडितको उद्दार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो पीडितको उद्दा तथा राहतमा जुट्न नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । सामाजिक सञ्चालमा सूचना राख्दै प्रधानमन्त्री दाहालले अविरल वर्षापछि आएको बाढी, पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दउक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले लेखेका छन्, ‘अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु। प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशित गर्दछु।’

यो वर्ष वर्षा बढी हुने प्रक्षेपण भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘ यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको छ। यस सन्दर्भमा सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु।’

प्रधानमन्त्री दाहालले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूलाई अपीलसमेत गरेका छन् ।

Health Tips Ad Road Block