api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

भारतको एक धार्मिक सभामा भागदौड मच्चिँदा सयभन्दा बढीको मृत्यु

काठमाडौं । छिमेकी देश भारतको उत्तरी प्रदेशको एउटा धार्मिक सभामा भागदौड मच्चिँदा एक सय सोह्र जनाको मृत्यु भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ । घटनाका कारण डेढ सयभन्दा बढी घाइते भएका छन् ।

एकजना प्रचारकको प्रवचनका लागि जम्मा भएका उनीहरु गर्मीसँगै ठूलो भीड बढेर भागदौड मच्चिँदा उक्त घटना भएको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । हाथरस सहर नजिकै भागदौड मच्चिँदा धेरैको एकले अर्कालाई कुल्चिएर र कोही सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो ।

उत्तर क्षेत्रका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला रहेको र अधिकाँश घाइतेलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन् ।

यसैबीच उक्त घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दुःखद घटना’ मा मृत्यु भएकाहरूका परिवारलाई दुई हजार चारसय डलर र घाइतेहरूलाई छ सय डलर क्षतिपूर्तिको घोषणा गरेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतकका आफन्तजनप्रति ‘समवेदना’ व्यक्त गर्दै घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएका छन् ।

भारतमा प्रमुख धार्मिक चाडपर्व एवं पूजास्थलमा यस्तै दुःखद घटनाहरु हुने गरेका छन् ।

Health Tips Ad Road Block