काठमाडौं । बजारमा नुनको मूल्य बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आजदेखि लागु हुनेगरी नूनको मूल्य बढाएको हो ।
कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको मूल्य आजदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
कम्पनीका अनुसार अब एक किलो आयो नूनको मूल्य २६ रुपैयाँ पर्दछ । यसअघि एक किलो आयो नुनको २३ रुपैयाँ रहेको थियो । त्यसैगरी न्यू शक्ति नून एक किलोको १७ रुपैयाँ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको छ ।