Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सगरमाथासहित तीन हिमाल आरोहणका लागि बाटो खोल्ने र डोरी टाँग्नेसहित कीर्तिमानी आरोही सम्मानित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं ।पर्वतारोहण संचालक संघ नेपालले संसारकै सबैभन्दा अग्लो सगरमाथा(८८४८.८६ मी.), ल्होत्से हिमाल(८,५१६ मी.) र चोयु हिमाल(८,१८८ मी.) अग्लो हिमाल आरोहणका लागि बाटो खोल्ने र डोरी टाँग्ने आरोहीसहित कीर्तिमानी आरोहीहरुलाई सम्मान गरेको छ । संघले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख अतिथ्यमा एक कार्यक्रम गरी प्रख्यात आरोहीहरुलाई सम्मान गरेको हो ।

वसन्त ऋतु २०२४ मा सगरमाथा आरोहणका लागि बाटो खोल्ने र डोरी टाँग्नेहरु डेन्डी शेर्पा, नाम्गेल दोर्जे तामाङ, पेम्बा टासी शेर्पा, दावा शेर्पा, सुकु बहादुर तामाङ, लाक्पा रिन्जी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, पाम दोर्जे शेर्पा, दावा रिन्जी शेर्पा र लाक्पा तिन्दुश शेर्पालाई सम्मान गरेको हो । यसैगरी लोत्से हिमाल आरोहणका लागि बाटो खोल्ने र डोरी टाँग्नेहरु डेन्डी शेर्पा, नाम्गेल देर्जे तामाङ, पेम्बा टासी शेर्पा, दावा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा,पाम दोर्जे शेर्पा र टासी शेर्पा सम्मानित भएका छन् । त्यस्तै चोयु हिमाल आरोहणका लागि बाटो खोल्ने र डोरी टाँग्नेहरु ग्याल्जे शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, च्याङ्बा शेर्पा, लाक्पा तेम्बा शेर्पा, लाक्पा तेन्जी शेर्पा र न्यागिमा ओङ्दा शेर्पालाई संघले सम्मान गरेको हो ।

संघले ३० पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमानी कायम गरेका कामिरिता शेर्पा, वसन्त ऋतुमा सगरमाथाको तीनचोटी आरोहण गर्ने फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, छाेटो समयमा सगरमाथा आरोहण गर्ने फुन्जो झाङ्मु लामा लगायत आरोहीहरुलाई पनि सम्मान गरेको छ ।

आरोहीहरुलाई सम्मान गर्दै पर्यटन मन्त्री पर्यटन ऐन २०८० ड्राफ्ट भइरहेको जानकारी दिए । संघका अध्यक्ष डम्बर पराजुलीले पर्यटनमन्त्री तामाङको उपस्थितिमा हिमाल आरोहणकाक्रममा गर्नुपर्ने सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

Health Tips Ad Road Block