skip this News Page Tips Ad Road Block

एसइईको नतिजा यसै साता आउने, कसरी हेर्ने नतिजा जान्नुहोस् ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहजरूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले गोरखापत्रमा सूचना जारी गर्दै नतिजा हेर्न सकिने निम्न व्यवस्थाहरू गरेको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको कार्यालयले जनाएको हो ।

Health Tips Ad Road Block