skip this News Page Tips Ad Road Block

पोखरामा आधुनिक बसपार्क निर्माणलाई व्यवस्थितरुपमा अगाडि बढाइने

Citizenlife ad 2082 falgun to baishak 2083

कास्की । पृथ्वीचोकमा सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण गर्ने पोखरा महानगरपालिकाको योजना क्रमबद्ध रूपमा अगाडि बढिरहेको छ ।
बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्वासी तथा अव्यवस्थित बोसवासीहरूले पेस गरेका कागजातहरूको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो विस्तृत प्रतिवेदन महानगरलाई बुझाएको छ ।

समितिका संयोजक तथा पोखरा महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले महानगर प्रमुख धनराज आचार्यसमक्ष ६२७ पृष्ठ लामो प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै महानगर प्रमुख धनराज आचार्यले उक्त प्रतिवेदनलाई महानगरपालिकाले महत्त्वपूर्ण दस्ताबेजका रूपमा ग्रहण गरेको उल्लेख गर्दै आवश्यक अध्ययन तथा विश्लेषणपछि उपयुक्त समयमा सार्वजनिक गरिने जानकारी दिएका छन् ।

आधुनिक बसपार्क निर्माणलाई व्यवस्थित, पारदर्शी र कानुनी प्रक्रियाअनुसार अगाडि बढाउने प्रतिबद्धता सहित नगर प्रमुख आचार्यले सुकुम्वासीहरूको उचित व्यवस्थापन गरिने बताएका छन् ।

Health Tips Ad Road Block