api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

पहिरोले घर बगाउँदा लमजुङमा एकै परिवारका ४ जना बेपत्ता, कास्कीमा २ बालबालिकाको मृत्यु

काठमाडौं । लमजुङमा क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । मंगलबार राति गएको पहिरोले तीन वटा घर बगाएको छ भने एकै परिवारका चार जना बेपत्ता भएका छन् । करिब तीन सय मिटर लामो पहिरोले तीन घर बगाएको हो । पहिरोमा परी स्थानीय मित्र घले, मित्रमान गुरुङ र होमबहादुर गुरुङको घर बगेको हो ।

गउँपालिकाका अनुसार बेपत्ता हुनेमा ६९ वर्षीय मित्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, ७ वर्षीया नातिनी इच्छा गुरुङ र ५ वर्षीया नातिनी नम्रता गुरुङ रहेका छन् । बेपत्ताको खोजी भईरहेको र घटनास्थलमा उद्धार कार्य स्थानीयबाट भइरहेको छ ।

मंगलबारको भारी वर्षाका कारण गएको पहिरोमा परी कास्कीमा २ जनाको बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीसँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमालाई सकुशल उद्धार गरिएको छ । त्यसैगरी पहिरोमा परी पोखरा–२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको र उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । हरी सुनार र उनकी छोरी वर्ष ९ की अंजली सुनारलाई, सकुसल उद्दार गरिएको छ ।

Health Tips Ad Road Block