Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सरकारले तिर्नुपर्ने ऋण २४ खर्बभन्दा बढी

एक व्यक्तिको थाप्लोमा साढे ८२ हजार ऋण

Citizenlife ad 2082 falgun to baishak 2083

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को जेठसम्ममा सरकारले तिर्न बाँकी ऋण २४ खर्ब ९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । कार्यालयका अनुसार यो ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आधारमा ४२.२४ प्रतिशत पुगेको छ ।

कार्यालय प्रमुख दीर्घराज मैनालीका अनुसार जेठ मसान्तसम्ममा तिर्नुपर्ने दायित्वअन्तर्गत आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र वाह्य ऋण १२ खर्ब १७ अर्ब २१ करोड पुगेको छ ।

२०८० असार मसान्तमा २२ खर्ब ९९ अर्ब ३५ करोड रहेको ऋण बढेर २४ करोडमाथि पुगेको हो ।

सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३ खर्ब ७ अर्ब ६७ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यस अवधिमा १ खर्ब ९७ अर्ब ३२ करोड भुक्तानी भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापक कार्यालयको तथ्याँकलाई आधार मान्दा प्रत्येक नेपालीको थाप्लोमा ८२ हजार ६ सय २६ रुपैयाँ ऋण लागेको छ । २०७८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना रहेको छ । यो जनसंख्याले तिर्न बाँकी ऋणलाई भाग गर्दा प्रत्येक नेपालीलाई औसतमा साढे ८२ हजार ऋण लागेको हो ।

Health Tips Ad Road Block