ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

पहिलो सहकारी रोजगार मेला ललितपुरमा शुरु

एउटै मान्छे धेरै सहकारीमा आबद्ध हुनु सहकारीमा समस्या आउनुको प्रमुख कारण : मन्त्री अधिकारी

काठमाडौं । प्रथम सहकारी रोजगार मेला–२०८१ शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको प्रमुख आयोजनामा तीन दिने रोजगार मेला सुरु भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरी मेलाको सुरुवात गरेका हुन् । सो अवसरमा मन्त्री अधिकारीले जो कोही व्यक्तिले पनि सहकारी खोल्ने र एटै व्यक्ति सहकारीमा रहेर काम गर्नु समस्याको प्रमुख कारण रहेको बताए । उनले सहकारीहरु स्थापनको उेश्यअनुसार चल्नुपर्ने भन्दै युवाको भावनाअनुरुप सहकारीले काम गर्न सकेमा धेरैलाई रोजगारी दिनसक्ने बताए ।

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहरमा समस्यामा परेका र केही बदमासी गर्नेहरुलाई मात्र सहकारी भन्ने मानसिकता हटाउनुपर्ने उल्लेख गर्दै उत्पादन र आर्थिक सबलीकरणमा काम गरिरहेको करिब ३२ हजार सहकारीलाई देख्न आग्रह गरिन् । उनले युवा पलायन रोक्न मेला सहयोगी हुने भन्दै सहकारीका सबै पक्षबारे जानकारी दिन मेला आयोजना गरिएको बताइन् । सहुलियत कर्जा पाउनुपर्ने, उत्पतिको प्रमाणपत्र पाउनुपर्ने लगायतका विषयमा उनले सरकारको ध्यानाकर्षण गराइन् ।

हाल देशभर ७४ लाख व्यक्तिहरु सहकारीमा आवद्ध भएको तथ्याँक प्रस्तुत गर्दै कार्यक्रममा १० लाख मानि प्रत्यक्ष वा अप्रत्यक्षपमा स्वरोजगार भएका जानकारी दिइएको थियो ।

सहकारी रोजगार मेलामा सहकारी क्षेत्रका २९ वटा स्टल रहेका छन् । स्टलमा देशभरबाट प्रतिनिधि हिसाबले अर्गानिक उत्पादनहरु राखिएको छ । मेलालाई पाँच हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।

Health Tips Ad Road Block