ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

दाल, चामलको अग्रिम आयकर फिर्ता नलिए आन्दोलनमा उत्रने व्यवसायीको चेतावनी

bf dear shoes jutta mela 2082 baishak-jesth

काठमाडौं । उद्योगी व्यवसायीहरुले दाल, चामलमा लगाएको अग्रिम आयकर फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा दाल, चामल र मैदा उद्योगका लागि कच्चा दाल गेडागुडीमा १० प्रतिशत धान र गहुँ आयातमा २.५ प्रतिशत लगाईएको अग्रिम आयकरले उद्योगलाई परेको प्रभाववारे धारणा राख्दै उद्योगी, व्यवसायीहले यस्तो चेतावनी दिएका हुन् ।

उद्योग वाणिज्य संघ विरगंजका अध्यक्ष अनिल अग्रवालले सरकारले उक्त अग्रिम आयकर फिर्ता नलिएमा उद्योगीहरु आन्दोलनमा आउने र कडा प्रतिवादमा उत्रने घोषणा गरे । उनले सरकारले तस्करीलाई प्रश्रय दिएको बताउँदै अग्रीम आयकर फिर्ता लिन आग्रह गरे । उनले भारतीय ट्रक सामान ल्याएर फर्कँदा बुझाउनुपर्ने १५ सय रुपैयाँ पनि पछि फिर्ता दिनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले सरकारले बजेटमार्फत लगाएको दाल, चामल तथा गेडागुडीको अग्रिम आयकर फिर्ता लिनुपर्ने बताए । उपयुक्त विकल्पका लागि आवश्यक छलफल गरेर समस्या समाधान गर्नुपर्ने उनले बताए ।

उनले भने ‘हामीले यसबारेमा महासंघमा पनि बहस गरिरहेकै छौं,दाल, चामल यी सबैमा लागेको अग्रिम कर हटाउनुपर्छ । यदि नहटाएमा देशका उद्योग बन्द हुनुका साथै राजस्व र रोजगारी दुबै बन्द हुनेछ ।’ सरकारले यसलाई गम्भिर रुपमा लिएर हटाउनुपर्नेमा उनको भनाइ छ ।

नेपाल दाल, चालम उद्योग संघका अध्यक्ष कुमुद दुगडले कच्चा पदार्थ आयातमा १० प्रतिशत अग्रिम आयकर लगाउँदा आयातित तयारी दाल, गेडागुडी र खुला सिमानाबाट आयात हुने दाल गेडागुडीसँग नेपाली उद्योगहरुले प्रतिस्पर्धा गर्न नसकी बन्द हुने अवस्थामा पुग्ने बताए । ‘कच्चा दाल आयातमा १० प्रतिशत अग्रिम आयकर थपिँदा स्वदेशी उद्योग चल्न सक्ने अवस्थामा रहँदैनन्,’ उनले भने, ‘अहिले नै मिलको कच्चा दाल र गेडागुडी आयातमा १० प्रतिशत भन्सार महसुल लागिरहेको छ । अब कुल आयातको अतिरिक्त १० प्रतिशत अग्रिम आयकर भन्सारमै बुझाउने व्यवस्था गरेको छ ।’ यसले नेपालका उद्योग बन्द हुनुका साथै नेपालीको भान्छा समेत महँगिन पुग्नेछ । दुगडले सरकारले तत्काल निर्णय फिर्ता नलिए नेपालका उद्योगहरु धराशायी हुने र दाल, चामल लगायतको मूल्य २० प्रतिशतसम्म महंगीने बताए ।

यता कृषि उद्यम केन्द्रका सभापति डिवी बस्नेतले चाल तथा गेडागुडीमा लगाईएको अग्रिम करले व्यवसायीको व्यवसाय मात्र नभई नेपालीको भान्छामा पनि प्रत्यक्ष असर गर्ने भन्दै तत्काल फिर्ता लिनुपर्नेमा जोड दिए ।

Health Tips Ad Road Block